डाँका समूहबाट पूर्व गाविस सचिवको हत्या

images
  • 170
    SHARES
  • पौष ६, २०८१ शनिबार
    डाँका समूहबाट पूर्व गाविस सचिवको हत्या
    images

    काठमाडौँ ।

    महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको लुटपाटपछि हत्या गरेको छ । सो समूहले मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएको छ ।

    शनिबार बिहान करिब ४ बजे सातआठ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले लुटपाटपछि झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले जानकारी दिए ।

    डीएसपी जयसवारले अहिले घट्नास्थलमा आफूहरू पुगेको र अनुसन्धान भइरहेको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend