देवघाट पुस ७
इच्छाकामना न्युज डटकमको ७ औँ वार्षिकोत्सव कार्यक्रम र स्मारिका विमोचन तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ । हिजो इच्छाकामना गाउँपालिका स्थिर रहेको सिद्वार्थ रिभर साईड रिसोर्ट परिसर चुम्लिङ्टारमा भएको न्यूज डटकमको वार्षिकोत्सबमा ७ जनालाई विभिन्न विधामा सम्मान गरिएको हो ।

उक्त वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले मैनवत्ती बालि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियोे । कार्यक्रमको सुभारम्भ सँगै न्यूज डटकमका कार्यकारी सम्पादक चित्र बहादुर गुरूङले न्यूज डटकमको विषयमा बारेमा बताउनुभएको थियोे ।

सम्मानित हुनेहरू
जनताको सेवामा लागिपरिरहेका इच्छाकामनाको भूगोलले पाएको पहिलो सांसद एवं मन्त्री कृष्णप्रसाद सिलवाललाई गाउँको खबर विश्वभर पुर्याउने अभियानका साथ संचालित इच्छाकामना न्युज डटकमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा उनलाई ‘इच्छाकामना न्युजले विशेष सम्मान–२०८१’ मा सम्मान गरिएको हो ।

निजामती सेवामा करिब एक दशक देखि अधिकृतको रुपमा सेवा गर्दै आएकी नर्बदा घिमिरे उनि इच्छाकामना गाउँपालिकाबाट निजामति सेवा तर्फ सबैभन्दा उच्च तहमा पुग्ने पहिलो महिला हुन् । यहि योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको हो । आफ्नो जीवनलाई नै दाउमा राखेर देशको पर्यटन क्षेत्रमा लागेका आँबुखैरेनीका प्रकाश गुरूङ जसले अप्रत्यक्ष रुपमा नेपाललाई विश्वसामु चिनाउँदै आइरहेका छन् । आँबुखैरेनीको पहिचानलाई देश दुनियाँमा स्थापित गराउन सफल भएकोमा उच्च मूल्याङ्कन गर्दै इच्छाकामना न्युज डटकमले वार्षिकोत्सवको अवसरमा ‘इच्छाकामना न्युज सम्मान–२०८१ बाट सम्मान गर्न पाउँदा गर्वको महसुस गरेको आयोजना टिमले बताउनु भएको थियोे । सामाजिक कार्यमा समेत अग्रसर पूर्वशिक्षक प्रेमकुमार श्रेष्ठले देशकै चर्चित धार्मिक स्थल मनकामना माईको ऐतिहासिक तथ्यलाई लिपिबद्ध गर्ने कार्य गरेको विषयमा उच्च मूल्याङ्कन गर्दै इच्छाकामना न्युज डटकमले संस्थाको वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो ।

साथै इच्छाकामनाको भूमिपुत्र रही झण्डै २ दशकदेखि चितवनको छापा पत्रकारितामा जमेका पत्रकार दिपेन्द्र अधिकारीलाई इच्छाकामना न्युज डटकमले संस्थाको सातौं वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो । गण्डकी गाउँपालिकाको सिङ्गो चेपाङ समुदायको सफलतामा प्रतिनिधित्व हुने र चेपाङ समुदायको अन्य व्यक्तित्वहरुलाई समेत उच्च शिक्षा अध्ययनका लागि हौसला मिल्ने अपेक्षासहित उनलाई सम्मान गरिएको हो ।

त्यस्तै गरि इच्छाकामनाको साहित्य क्षेत्रको श्रीवृद्विमा अतुलनीय योगदान दिँदै आएका कृष्ण पोखरेललाई हालसम्म साहित्य, शिक्षासहितको क्षेत्रबाट समाजमा दिँदै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो । न्यूज डटकमका सम्पादक देवराज गुरूङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरूङ,उपाध्यक्ष माया सिलवाल,वडा अध्यक्षहरू, विभिन्न राजनितीक दलका प्रतिनिधिहरू लगायत विज्ञान दाताहरूको सहभागीता रहेको थियोे ।




