झापा कपको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र एनआरटी भिड्ने

images
  • 190
    SHARES
  • पौष ८, २०८१ सोमबार
    झापा कपको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र एनआरटी भिड्ने
    images

    काठमाण्डौ –

    प्रथम झापा कपको फाइनल खेल आज हुँदैछ । बिर्तामोडको डोमलाल राजवंशी रङ्गशालामा उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम (एनआरटी) खेल्दैछन् ।

    चर्च ब्वाइज सेमिफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई हराउँदै फाइनलमा पुगेको हो । यस्तै इटहरीको राष्ट्रिय जागृति क्लबलाई पराजित गरेर एनआरटी फाइनलमा पुगेको हो ।

    प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend