९७ केजी गाँजा बरामद

images
  • 176
    SHARES
  • पौष ८, २०८१ सोमबार
    ९७ केजी गाँजा बरामद
    images

    सुनसरी । 

    सशस्त्र प्रहरीले वराहक्षेत्र– १ बाट ९७ केजी गाँजा बरामद गरेको छ ।

    सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार सुरक्षा वेश चतराको टोलीले पटनाली खोला बगर क्षेत्रबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

    रातीको समयमा पटनाली खोलाको बगर हुँदै चतरा–धरान सडकतर्फ झोलामा नाम्लो लगाई बोकी ल्याउँदै गरिएको अवस्थामा मोबाइल गस्ती टोलीले गाँजा बरामद गरेको नम्बर ४ गण हेड क्वाटरले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend