शेयर बजार २९ अङ्कले बढ्यो

images
  • 191
    SHARES
  • पौष ८, २०८१ सोमबार
    शेयर बजार २९ अङ्कले बढ्यो
    images

    काठमाण्डौ –

    हिजो साढे १३ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ९१ अङ्कले बढेर दुई हजार छ सय १२ दशमलव २० विन्दुमा पुगेको छ ।

    म्युचुअल फण्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रो र बाराही हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    समग्रमा बजार बढेको दिन आज मानुषी लघुवित्तको शेयर भने १० प्रतिशतले ओरालो लागेको छ । आज ८९ लाख आठ हजार कित्ता शेयर चार अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend