बुढासुब्बा गोल्डकपको २५औँ संस्करण आउँदो माघमा हुने

images
  • 280
    SHARES
  • पौष ८, २०८१ सोमबार
    बुढासुब्बा गोल्डकपको २५औँ संस्करण आउँदो माघमा हुने
    images

                                                                     तस्बिर : रासस

    काठमाण्डौ – अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आउँदो माघमा हुने भएको छ । आज सुनसरीको धरानमा आयोजित पत्रकार सम्मेलनमा आउँदो माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियागिता आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ्ले जानकारी दिनुभयो ।

    धरान उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाइज क्लब, एनआरटी क्लब काठमाण्डौ, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाण्डौ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने जनाइएको छ ।

    प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले एक लाख र हरेक खेलको प्लेयर अप दी म्याच हुनेले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्षले बताउनुभयो ।

    प्रतियोगिता ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने एक करोड दुई लाख २५ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य राखेको क्लबका महासचिव नवीन राईले बताउनुभयो । प्रतियोगितामा उपविजेताले पाउने पाँच लाख धरान उपमहानगरपालिका–१५ निवासी अहिले पोर्चुगलमा बस्ने अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend