एनआरटीलाई हराउँदै चर्च ब्वाइजलाई झापा कपको उपाधि

images
  • 161
    SHARES
  • पौष ८, २०८१ सोमबार
    एनआरटीलाई हराउँदै चर्च ब्वाइजलाई झापा कपको उपाधि
    images

    काठमाण्डौ –

    झापा कप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । बिर्तामोडको डोमलाल राजवंशी रङ्गशालामा आज भएको फाइनल खेलमा चर्च ब्वाइजले न्यूरोड टिम (एनआरटी)लाई ३–१ गोलले हरायो ।

    चर्च ब्वाइजको जीतमा अर्मान्डले दुई गोल र समिर तामाङले एक गोल गरे । एनआरटीका कप्तान अञ्जन विष्टले एक गोल फर्काए । उपाधि जितेको चर्च ब्वाइजले १० लाख र उपविजेता एनआरटीले पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend