अनलाइन नागरिकता सिफारिस सम्बन्धि १ दिने अभिमूखीकरण कार्यक्रम

images
  • 188
    SHARES
  • पौष ८, २०८१ सोमबार
    अनलाइन नागरिकता सिफारिस सम्बन्धि १ दिने अभिमूखीकरण कार्यक्रम
    images
    देवघाट:
    देवघाट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय दमौली, तनहुँको समन्वयमा जनप्रतिनिधि र वडा सहायक कर्मचारीहरूलाई अनलाइन नागरिकता सिफारिस सम्बन्धि १ दिने अभिमूखीकरण कार्यक्रम देवघाट गाउँपालिकाको सभा हलमा आज सोमबार गाउँपालिका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षता सम्पन्न भएको छ।
     
    कार्यक्रममा सहभागी जनप्रतिनिधि र वडा सहायक कर्मचारीहरूलाई जिल्ला प्रशासन कार्यालय शाखा अधिकृत मैता बहादुर गुरुङ र जिल्ला प्रशासन कार्यालय तनहुँका कम्पुटर अपरेटर शंकर थापाले प्रशिक्षण दिएका थिए।
    471201152_570616445604974_11309876090239140_n.jpg
     
     
    सो कार्यक्रम देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरूड,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु,,देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पूर्णबहादुर कुँवर,देवघाट १ वडा अध्यक्ष मनिराज गुरुङ,देवघाट २ वडा अध्यक्ष मीनबहादुर राना,देवघाट ३ वडा अध्यक्ष टेकबहादुर आले,देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ,गाउँ कार्यपालिका सदस्य बाबुराम परियार,देवघाट ५ वडा सदस्य याम बहादुर मगर,कमला गुरुङ र बुद्धि बहादुर पाण्डे,गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,योजना शाखा प्रमुख रामप्रसाद सापकोटा,स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकी, देवघाट ५ वडा सचीव पविता खनाल,देवघाट ४ वडा सचीव रन्जाना राई,देवघाट ३ राजनप्रसाद घिमिरे,देवघाट २ वडा सचीव शिवराज जोशी,देवघाट १ वडा सचीव अनिल घिमिरे लगायतको उपस्थिति रहेको थियो,भने गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्तले कार्यक्रम सञ्चालन गरेका थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend