रोजगारीको प्रलोभनमा परेर म्यानमार पुगेका पाँच जना नेपालीको उद्धार

images
  • 172
    SHARES
  • पौष ९, २०८१ मंगलबार
    रोजगारीको प्रलोभनमा परेर म्यानमार पुगेका पाँच जना नेपालीको उद्धार
    images

    काठमाण्डाै –

    रोजगारीको प्रलोभनमा परेर म्यानमार पुगेका पाँच जना नेपालीको उद्धार भएको छ । म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच जना नेपालीलाई उद्धार गरेर नेपाल पठाइएको बैंककमा रहेको नेपाली दूतावासले जनाएको छ ।

    नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले आग्रह गरेको छ । कसैको प्रलोभनमा परी छिटो धेरै पैसा कमाउने लोभमा कम्बाेडिया, लाओस, म्यानमार र थाइल्यान्डमा वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend