सारथी टुगेदर फर नेपालद्वारा बराह आधारभूत विद्यालयका ८३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

images
  • 314
    SHARES
  • पौष ९, २०८१ मंगलबार
    सारथी टुगेदर फर नेपालद्वारा बराह आधारभूत विद्यालयका ८३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
    images
     
    देवघाट,
     
    सारथी टुगेदर फर नेपालद्वारा तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ देवपुर स्थित बराह आधारभूत विद्यालयका ८३ जना विद्यार्थीहरुलाइ आज मंगलबार एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरेको छ।
     
    कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,विशिष्ट अतिथि देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,सारथी टुगेदर फर नेपालका प्रतिनिधि नारायण पुरी,विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापा,सारथी टुगेदर फर नेपालका प्रतिनिधि सपना पुरी,चक्रवर्ती सामुदायिक वनका अध्यक्ष दिलबहादुर गुरु,समाजसेवी ॠषिराम सुवेदी,देवपुर गाउँ सुधार समिती अध्यक्ष सुकु गुरुङ लगायतको उपस्थिति रहेको थियो।भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend