सामान्य विवादमा २३ वर्षीय युवकको हत्या

images
  • 192
    SHARES
  • पौष ९, २०८१ मंगलबार
    सामान्य विवादमा २३ वर्षीय युवकको हत्या
    images

    काठमाण्डाै –

    सुनसरीको इटहरी घर भई ललितपुरको सातदोबाटो बस्ने २३ वर्षीय नयन गुरुङको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेलधुरा घर भएको २६ वर्षीय हेमराज भट्ट रहेका प्रहरीले जनाएको छ ।

    भट्ट ललितपुर महानगरपालिका–९ च्यासलमा रहेको टाउन अफ क्याफेका कार्यरत थिए । उनले त्यही क्याफेमा आएका गुरुङलाई  विवादका क्रममा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा बीएन्डबी अस्पताल ग्वार्काेमा ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रहरीले घटनाको थप अनुसन्धानका लागि क्याफेका सञ्चालक र क्याफेका कुकलाई पनि पक्राउ गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend