९२ लाख रुपैयाँसहित तीन जना पक्राउ

images
  • 134
    SHARES
  • पौष १०, २०८१ बुधबार
    ९२ लाख रुपैयाँसहित तीन जना पक्राउ
    images

    काठमाण्डाै –

    प्रहरीले ९२ लाख रुपैयाँ नगदसहित काठमाण्डाैबाट तीन जनालाई पक्राउ गरेको छ ।

    रवि धमला, जीतबहादुर तामाङ र सन्तोष खातीलाई पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार उनीहरूको साथबाट ७७ लाख र पछि १५ लाख गरी ९२ लाख रुपैयाँ नगद बरामद भएको हो ।

    स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend