मेघौलीमा रैथाने खाना महोत्सव

images
  • 212
    SHARES
  • पौष १०, २०८१ बुधबार
    मेघौलीमा रैथाने खाना महोत्सव
    images

    चितवन, पुस १०– 

    तपाइँ रैथाने खानाको स्वाद लिन मन छ भने यसको लागि मेघौली जानुपर्छ । मेघौलीमा भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा रैथाने खाना महोत्सव हुन लागेको छ ।

    सोही महोत्सवमा आउने पाहुनाले अर्नी (तीनपाने रक्सि) देखि घोंगीसम्मको स्वाद पाउनेछन् ।

    यतिमात्र होइन, कालो सुँगुरको मासुको स्वाद पनि महोत्सवमा पाइन्छ । लोकल कुखुरा, हाँसको मासुमा पोलेको चिचरको स्वादले सबैलाई लठ्ठ पार्छ । कालो सुँगुरको मासुको फ्राइदेखिे क्रेभीसम्मको स्वाद पाइन्छ । धरानमा कालो सुँगुरको मासु चर्चित छ । महोत्सवमा विभिन्न जातजातिका बटुक रोटी पनि राखिन्छ ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालले पुस १२ देखि १६ गतेसम्म मेघौली जानकी माविको खैलमैदानमा हुन लागेको बताइन् । स्थानीय संघसंस्थाको साझेदारीमा भरतपुर महानगरले महोत्सव आयोजना गरेको हो । महोत्सव स्थल परिसरमा भएको पत्रकार सम्मेलनमा महानगर प्रमुख दाहालले कुमाल, दराई, थारु, बोटेलगायतका जातजातिको रैथाने खानाको स्वाद पाइने बताइन् । महोत्सवमा टिकट शुल्क लाग्दैन । रैथाने खानाको स्वादमा विभिन्न राष्ट्रियस्तरका कलाकारको प्रस्तुति हेर्न पाइन्छ ।

    उपप्रमुख चित्रसेन अधिकारीले दर्जनौँ रैथाने खानाको स्वाद पाइने बताए । महोत्सवका संयोजक मायाराम चौधरीले थारुका एक दजर्नभन्दा बढी परिकार महोत्सवस्थलमा राखिने बताए । विशेष गरी घोंगी, चिचरका स्वादहरु पाइन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend