काठमाडौं :
इशाइ धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तिका अवसरमा आज सोमबार देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ।
प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थान ‘क्रिसमस ट्रि’ बनाएर सजाइएको छ । यस अवसरमा मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन्। विभिन्न स्थानमा सांगीतिक कार्यक्रमसमेत आयोजना गरिँदैछ।
क्रिसमस डेमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामनासमेत गरिन्छ ।
काठमाडौंको धोविघाटमा रहेको अजम्पसन चर्चमा नेपाली इसाइ धर्मावलम्वीहरू प्रार्थना गर्दै:



