शेयर बजार सामान्य बढ्यो

images
  • 170
    SHARES
  • पौष ११, २०८१ बिहीबार
    शेयर बजार सामान्य बढ्यो
    images

    काठमाण्डौ –

    शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १९ अङ्कले बढेर दुई हजार छ सय ३० दशमलव ७१ विन्दुमा पुगेको छ ।

    आज बैंकिङ, लगानी, लघुवित्त र व्यापार समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर राताम्मे देखिएको छ । आज आत्मनिर्भर लघुवित्त र सपोर्ट रघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

    समग्रमा बजार बढेको दिन आज नारायणी विकास बैंक, कर्पोरेट विकास बैंक, जोशी हाइड्रोपावर र सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । आज दुई करोड नौ लाख ७८ हजार कित्ता शेयर चार अर्ब ३६ करोड रुपैयाँमा कारोबार भएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend