भरतपुर ।
ईनरह्वील क्लब अफ भरतपुरद्वारा यात्रु प्रतिक्षालय स्थापना गरिएको छ ।
भरतपुरको आँपटारी चोकमा यात्रु प्रतिक्षालय पुन:स्थापना गरिएको छ ।
आँपटारी चोकमा नारायणगढतर्फ आउने गाडीका यात्रुहरुको प्रतिक्षाको लागि ईनरह्वील प्रतिक्षालय निकै उपयोगी भएको प्रतिक्षारत यात्रुहरुले बताएका छन्।
गत वर्ष मंसिरमा ईनरह्वील क्लबबाट स्थापना भएको फलामबाट निर्मित प्रतिक्षालय सडक डिभिजन कार्यालय, भरतपुरबाट सडक बिस्तारको क्रममा गत वर्ष मंसिरमा भत्किनगई भत्किएका सामान सडक डिभिजन कार्यालय हातामा राखिएको थियो । उक्त सामान क्लबकोतर्फबाट पुन:निमार्ण गरी डिभिजन कार्यालयबाट निर्धारित यस स्थानमा डिभिजन कार्यालयको सहमतिमा पुन स्थापना गरिएको क्लबका अध्यक्ष गीता सुवेदीले बताए।
पुन स्थापना गर्दा ४० हजार खर्च लागेको पुन स्थापना समितिका संयोजक एवम् क्लबका पूर्व अध्यक्ष गंगा सापकोटाले बताइन् ।



