काठमाण्डौ
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको सुरुङ जाने सडकबाट टिपर खस्दा आयोजनामा काम गर्ने दुई जना भारतीय मजदुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
गएराति १ बजेदेखि कार्य क्षेत्रबाटै बेपत्ता भएका उनीहरु आज बिहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर ज्यान गुमाएको अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदार निर्माण गरिरहेको छ ।



