फाल्गुनन्द गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज फिदिम स्पोर्टिङ र चर्च ब्वाइज भिड्ने

images
  • 171
    SHARES
  • पौष १२, २०८१ शुक्रबार
    फाल्गुनन्द गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज फिदिम स्पोर्टिङ र चर्च ब्वाइज भिड्ने
    images

    पाँचथर –

    पाँचथरको फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।

    फिदिम माविको खेल मैदानमा दिँउसो साढे दुई बजे हुने पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले काठमाण्डौको चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ ।

    क्वाटरफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले विभागीय फटबल टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई पराजित गरेर सेमिफाइनल पुगेको हो । यस्तै चर्च ब्वाइजले मोरङको विराटनगर सिटी एफसीलाई हराउँदै फिदिमसँगको भेट पक्का गरेको हो ।

    यस्तै प्रतियोगिता अन्तर्गत हिजो भएको अन्तिम क्वाटरफाइनलमा एनआरटीले सिरहाको सलहेश युवा क्लबलाई पेनाल्टीमा ५–४ गोलले सेमिफाइनल प्रवेश गरेको छ । एनआरटी अब भोलि दोस्रो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend