देवघाटका दलितवर्गहरुलाई निशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गर्दै गाउँपालिका अध्यक्ष तिलबहादुर थापा

images
  • 197
    SHARES
  • पौष १२, २०८१ शुक्रबार
    देवघाटका दलितवर्गहरुलाई निशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गर्दै गाउँपालिका अध्यक्ष तिलबहादुर थापा
    images

    देवघाट,

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित बसन्तपुर टोलमा आज एक कार्यक्रमको आयोजना गरि दलितवर्गहरुलाई देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाद्वारा निशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गर्नु भएको छ।

    गाउँपालिकाभित्र रहेका दलित,बोटे,चेपाङ र बराम समुदायलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरेको हो।

    गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/२०८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम मार्फत आवश्याक बजेट विनियोजन गरी पालिकाभित्रका सम्पूर्ण दलित,बोटे,चेपाङ र बराम विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो।

    उहाँका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दलित,बोटे,चेपाङ र बराम घरपरिवारमा सहज स्वास्थ्य उपचार सेवा पु–याउन पालिकाले हालसम्म ५ नम्बर वडामा मात्रै करिब ५ सय जनालाई निःशुल्क स्वास्थ्य बिमा गरि सकेको छ भने अन्य वडाहरुमा पनि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम अगाडी बढिरहेको उहाँले बताउनुभयो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend