डुम्रेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औं साधारण सभा सम्पन्न

images
  • 183
    SHARES
  • पौष १३, २०८१ शनिबार
    डुम्रेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औं साधारण सभा सम्पन्न
    images
     
    देवघाट,
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थितश्री इन्दिरा सन्यास आश्रम डुम्रेल देवपुर कल्पवास घर्तीवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औं साधारण सभा आज सनिवार चक्रवर्ती सामुदायिक वनको सभाहलमा भएको हो। 
    कार्यक्रममा प्रमुख अतिथि श्री इन्दिरा सन्यास आश्रम डुम्रेल देवपुर कल्पवास घर्तीवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संरक्षक ईश्वरनन्द सरस्वती,विशिष्ट भवनीप्रसाद तिमिल्सिना,संस्था उपाध्यक्ष दधिराम सापकोटा,संस्थाका कोषाध्यक्ष टेकराज सापकोटा लगायत उपभोक्ताहरुको सहभागिता रहेको थियो,
     
    सो साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष एवं कार्यक्रम सभापति डिलबहादुर गुरुङले भावीयोजनाहरुको खानेपानी अपुग स्थानहरुमा तुरुन्त पाइपलाइन विस्तार गर्ने र खानेपानीको मुहानलाई संरक्षण गर्ने बताउनु भएको थियो।कार्यक्रम संस्थाका सचीव उषा नैनावस्तीले सञ्चालान गर्नुभएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend