चितवन,
"मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण-सम्वर्द्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्तशासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र"भन्ने मुला नारालाई आत्मसात गर्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनको पदभार हस्तान्तरण, प्रमाण-पत्र वितरण विदाई कार्यक्रम नेपाल मगर समाज भवानमा सम्पन्न भएको छ।
नेपाल मगर संघ चितवनको तीन वर्षे कार्यकालको लागि यहीँ पौष ६ गते शनिबार सम्पन्न १८ औँ जिल्ला अधिवेशनबाट २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।संस्थाको अध्यक्षमा लालबहादुर रानामगर संस्थाको उपाध्यक्षमा भीमबहादुर थापामगर, सचिवमा विष्णु आलेमगर, कोषाध्यक्षमा धनसरा थापामगर, सहसचिवमा मिलन थापामगर र सहकोषाध्यक्षमा बद्री पुनमगर चयन भएका छन्।
कार्यसमिति सदस्यहरुमा भने निलकुमार थापामगर, टेकबहादुर थापामगर, डम्बरबहादुर थापामगर, विष्णुबहादुर थापामगर, जानुका थापामगर, होमबहादुर थापमागर, सानबहादुर थापामगर, कपिल आलेमगर, मुक्तिबहादुर रानामगर, सूर्यकुमारी आलेमगर, समित्रा थापामगर, सन्तबहादुर मगर, प्रेमबहादुर थापामगर, तिलबहादुर पुनमगर, कृष्ण आलेमगर, शेरबहादुर मगर, विमला बूढामगर, बद्रिबहादुर रानामगर र जीतबहादुर थापामगर चयन भएका छन्।
नयाँ कार्यकालको लागि सर्वसम्मत नेतृत्व चयन हुन सफल कार्यसमिति पदाधिकारीहरुलाई निर्वाचन समितिका खिमबहादुर थापामगर लगायतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।



