सातौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा आदर्श शिक्षा खाल्टे प्रथम

images
  • 415
    SHARES
  • पौष १३, २०८१ शनिबार
    सातौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा आदर्श शिक्षा खाल्टे प्रथम
    images
    देवघाट पुस १३
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-५ स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा तिन दिन सम्म सञ्चालित सातौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा आदर्श शिक्षा मावी देवघाट २ खाल्टेले स्वर्ण ८ रजत ५ कास्य ३ सहित प्रथम स्थान हासिल गरेको छ।तेस्तै कालिका मावी देवघाट ५ ले स्वर्ण ६ रजत ४ कास्य ७ सहित द्वितिय स्थान र बज्रयोगिनी मावी देवघाट ५ ले स्वर्ण ४ रजत ५ कास्य ३ सहित तृतीय स्थान हासिल गरेको छ।
     
    सातौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा देवघाट गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरु आदर्श शिक्षा मावि देवघाट २ खाल्टे,कालिका मावी देवघाट ५ क्युदी,बज्रयोगिनी मावी देवघाट ५,पार्वती मावी देवघाट १ कोटा,कालीगंगा देवघाट २,भृकुटी मावी देवघाट ३ साराङ्ग्घाट ,वालकेश मावी देवघाट ३ छिपछिपे,राष्ट्रिय मावी देवघाट ४ काफलडाडा र सिद्धमहाकाली मावी देवघाट ५ गरि ९ सामुदायिक विद्यालयहरुको सहभागीता रहेको थियो।
     
    सो कार्यक्रम प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा,विशिष्ट अतिथि देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारूमगर,अतिथि देवघाट गाउँपालिका शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने,गाउँपालिका लेखा शाखा अधिकृत सरद न्यौपाने,गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त लगायत विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो।
     
    उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियोे,भने विद्यालयका शिक्षक युवाराज साखीले कार्यक्रम सञ्चालन गरेका थिए।।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend