दक्षिण कोरियामा एक सय ८१ जना बोकेको विमान दुर्घटना हुँदा कम्तीमा ४७ को ज्यान गयो, दुई जनाको जीवितै उद्वार

images
  • 161
    SHARES
  • पौष १४, २०८१ आइतबार
    दक्षिण कोरियामा एक सय ८१ जना बोकेको विमान दुर्घटना हुँदा  कम्तीमा ४७ को ज्यान गयो, दुई जनाको जीवितै उद्वार
    images

    दक्षिण कोरियामा एक सय ८१ जना बोकेको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ४७ जना पुगेको छ । दुई जनाको जीवितै उद्वार भएको बीबीसीले जनाएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान पर्खालमा ठोक्किएको हो ।

    थाइल्यान्डको बैंककबाट फर्किरहेको जिजु एअरको विमानमा एक सय ७५ जना यात्रु र छ जना चालक दलका सदस्य थिए । एक सय ७५ जना यात्रु मध्य एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका नागरिक रहेका बीबीसीले जनाएको छ ।

    दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्‍याएको हुनसक्ने जनाएका छन् । कोरियाको अग्नि नियन्त्रण निकायका अनुसार ८० जना अग्नि नियन्त्रक र ३० भन्दा बढी दमकल घटनास्थलमा खटिएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend