नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँद्वारा जनज्योती आधारभूत विद्यालयका १६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

images
  • 248
    SHARES
  • पौष १४, २०८१ आइतबार
    नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँद्वारा जनज्योती आधारभूत विद्यालयका १६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
    images
     
    देवघाट,
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ४ सिच्याङ्गगढी स्थित जनज्योती आधारभूत विद्यालयका १६ जना विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँद्वारा न्यानो कपडा वितरण गरेको हो।

    कार्यक्रमका प्रमुख अतिथि देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै जाडो मौसम बढे संगै ग्रामीण भेगमा अध्यनरत जेहेन्दार विद्यार्थी भाइबहिनीहरुलाई चिसो बाट केहि हदसम्म भएपनि जोगाउन मद्दत मिल्ने उद्देश्यको साथ न्यानो कपडा वितरण गरिएकोमा समन्वयकर्ता
    देवघाट गाउँपालिका वडा नम्बर ५ का पुर्व अध्यक्ष याल बहादुर गुरुङ एवं नेपाल वन पैदावर उद्योग व्यवसायी तनहुँलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

    सो कार्यक्रम देवघाट गाउँपालिका वडा नम्बर ५ का पुर्व अध्यक्ष एवं युवा व्यवसायी नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँका सदस्य याल बहादुर गुरुङको समन्वयमा भएको थियो।

    कार्यक्रममा विशिष्ट अतिथि देवघाट ४ वडा सदस्य बुद्धिमान भुजेल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापा,नेपाल वन पैदावर उध्योग व्यवसायी संघ तनहुँका बरिस्ठ उपाध्यक्ष सोमराज सिग्देल एवं अतिथि नेपाल वन पैदावर उध्योग व्यवसायी संघ तनहुँका कोषाध्यक्ष कृष्णप्रसाद लामिछाने,नेपाल वन पैदावर उध्योग व्यवसायी संघ तनहुँका सदस्य बाबुराम पुरी,विद्यालयका प्रधानाध्यापक मनिसारा थापामगर,सिञ्चाङ्ग सालडाडा टोल बिकासका अध्यक्ष बिर बहादुर राना लगायतको उपस्थिति रहेको थियो भने नेपाल वन पैदावर उद्योग व्यवसायी तनहुँका अध्यक्ष दिप बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend