आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन शुरू

images
  • 182
    SHARES
  • पौष १६, २०८१ मंगलबार
    आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन शुरू
    images

    काठमाण्डौ –

    लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि शुरू हुँदैछ । प्रदेशसभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश भएकाे थियाे ।

    प्रदेशसभा सचिव दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिनुभयो । उहाँका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची छ ।

    हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन गएकाे भदाै ३१ गते अन्त्य भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend