गैंडाको आक्रमणबाट एकको मृत्यु पाँच घाइते

images
  • 190
    SHARES
  • पौष १६, २०८१ मंगलबार
    गैंडाको आक्रमणबाट एकको मृत्यु पाँच घाइते
    images

    देवघाट पुस १६

    गैंडाले आक्रमण गर्दा एकको मृत्यु पाँच जना घाइते भएका छन् ।

    मंगलबार दिउसो १ :४५ बजेको समयमा चितवन जिल्ला रत्ननगर नगरपालिका-१३ जयमँगला स्थितमा जङ्गली जनावर गैडाले आक्रमण गर्दा एकको मृत्यु र पाँच जना घाइते भएका छ ।

    गैंडाको आक्रमणबाट चितवन रत्ननगर नगरपालिका-१६ बस्ने ७० वर्षिय कृष्णा कुमारी थापा गम्भिर घाइते भएकी थिइन्उ,नको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा २ :१५ बजेको समयमा मृत्यु भएको प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते हुनेहरू चितवन जिल्ला रत्ननगर नगरपालिका-१६ बस्ने ७८ वर्षिय डम्मर बहादुर थापाको दाँहिने खुट्टामा चोट लागेको छ । रत्ननगर नगरपालिका-१२ बस्ने ७२ वर्षिय चेतनाथ चौलागाइको बाँया खुट्टामा र अनुहारमा चोट लागेको छ,रत्ननगर नगरपालिका-१४ बस्ने ६० वर्षिय मिना गुरुङको बायाँ खुट्टामा चोट लागेको छ ।रत्ननगर नगरपालिका-१२ बस्ने २५ वर्षिय पुजन बि.क.को बाँया आँखा माथि चोट लागेको छ । रत्ननगर नगरपालिका-१२ बस्ने ३९ वर्षिय सीता पोख्रेलको टाउकोमा चोट लागेको छ उनको अवस्था पनि सामान्य रहेको छ,उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको उपरीक्षक रिजालले बताउनुभयो ।

    साथै अन्य घाइते सबैको भरतपुर सरकारी अस्पतालमा उपचार भइ रहेको रिजालले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend