आज सुनको भाउ एक हजार चार सय रुपैयाँले बढ्यो

images
  • 87
    SHARES
  • पौष १७, २०८१ बुधबार
    आज सुनको भाउ एक हजार चार सय रुपैयाँले बढ्यो
    images

    काठमाण्डौ 

    आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेको छ । आज सुनकाे भाउ एक हजार चार सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन ।

    चाँदीको भाउ आज पनि हिजोजस्तै तोलाको एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend