लुक्लामा ९ दिनदेखि लगातार मौसम खराबीका कारण उडान ठप्प

images
  • 91
    SHARES
  • जेठ २९, २०७९ आइतबार
    लुक्लामा ९ दिनदेखि लगातार मौसम खराबीका कारण उडान ठप्प
    images

    सोलरखुम्बु ।

    सोलुखुम्बुको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा ९ दिनदेखि लगातार मौसम खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रुहरु अलपत्र परेका छन् ।

    lukla-airpot.jpg

     

    मौसममा सुधार नभएपछि उडान हुन नसकेको हो । खुम्बुक्षेत्रको एक मात्र विमानस्थल लुक्लामा सबै उडान अवरुद्ध भएपछि खुम्बु भ्रमण गरी लुक्लाबाट फर्कने तथा काठमाडौंबाट आउने दुवैतिरका यात्रु अलपत्र बनेका छन् ।

    लुक्लामा मौसममा सुधार आउला र काठमाण्डौँ जान पाइएला भनेर विमान कुरेर यात्रुहरु बसिरहेको बताइएको छ । आइतबार तारा एयरका पाँच वटा उडान रहेकोमा मौसम प्रतिकूलताका कारण उडान प्रभावित भएको नेपाल नागरिक उडड्यन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिए ।

    पर्यटकीय सिजनको अन्त्य हुँदै गएको र हिमाल आरोहण गरी फर्कने यात्रु समस्यामा भएको पर्यटन व्यवसायीहरुको गुनासो छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend