रास्वपाको महामन्त्रीमा मुकुललाई पुरानै जिम्मेवारीसहित पार्टीमा फर्काउन माग

images
  • 154
    SHARES
  • पौष १७, २०८१ बुधबार
    रास्वपाको महामन्त्रीमा मुकुललाई पुरानै जिम्मेवारीसहित पार्टीमा फर्काउन माग
    images

    काठमाडौँ, पुस १७

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीमा मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ ।

    पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् । उनीहरूले पार्टी आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको महसुस गरेको भन्दै लेखेका छन् ‚‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन,समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठुलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ ।’

    निवेदनमा उनीहरूले पछिल्लो असार महिना यता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद भएको भन्दै पार्टीको यो घडीमा सबै मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend