असुरक्षित गर्भपतन बढ्यो

images
  • 162
    SHARES
  • पौष १७, २०८१ बुधबार
    असुरक्षित गर्भपतन बढ्यो
    images

    पर्सा।

    पर्सामा गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ । सीमावर्ती शहर रक्सौलसँग जोडिएकाले पनि गर्भपतनका औषधि छ्यापछ्यापी पाइँदा नियन्त्रण गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

    नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुरेन्द्रप्रसाद चौधरीले सीमावर्ती शहरसँग जोडिएकाले पनि असुरक्षित गर्भपतनका गतिविधिलाई नियन्त्रण गर्न जटिलता थपिँदै गइरहेको बताए ।

    'गर्भपतन गराउने औषधि बेचबिखन र खरिद गर्ने दुवैलाई अनुगमनको दायरामा ल्याउन जरुरी भइसकेको छ,' उनले भने, 'अनुमतिप्राप्त स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउन जरुरी हुन्छ । सो हुनसकेको खण्डमा मात्र यसको प्रभावकारिता बढ्ने थियो । उनले सामाजिक कारणले गर्दा पनि समाजमा लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने प्रवृत्ति बढिरहेको गुनासो गरे ।

    स्वास्थ्य कार्यालयका प्रमुख डा. मुक्तिनारायण साहले गर्भपतनलाई परिवार नियोजनको अस्थायी साधनका रूपमा लिन नहुने बताए ।'भ्रूणको लिङ्गको पहिचान गरेर गर्भपतन गराउनु कानूनी रूपमा अपराध हो,' उनले भने, 'अनुमतिपत्र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने कार्यलाई निरुत्साहित गर्न जरुरी भइसकेको छ ।'

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend