एकै परिवारका पाँच जनाको शव भेटियो

images
  • 185
    SHARES
  • पौष १७, २०८१ बुधबार
    एकै परिवारका पाँच जनाको शव भेटियो
    images

    भारतमा लखनउको एक होटलमा एकै परिवारका पाँच जनाको शव भेटिएको छ । लखनउको नाका क्षेत्रमा नयाँ वर्षको पहिलो दिन नै एउटै परिवारका पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मृतकमध्ये आमा र उनका चार जना छोरी रहेका छन् । उनीहरू सबै नयाँ वर्ष मनाउन आगराबाट लखनउ आएका थिए । प्रहरीले मृतक आमाका छोरा अरशदलाई पक्राउ गरेको छ । अरशदले आफूले नै हत्या गरेको स्वीकारेका डीएसपी रवीना त्यागीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

    हत्यामा उनका बुबा पनि संलग्न रहेको शङ्कामा प्रहरीले खोजी गरिरहेको छ । प्रारम्भिक अनुसन्धानले पारिवारिक झगडाका कारण आमा र चार जना छोरीको हत्या भएको देखाएको छ ।

    प्रहरीका अनुसार हत्या हुनुअघि पाँचैं जनालाई अभियुक्तले नशालु पदार्थ खुवाएका थिए । गला दबाएर र नशा काटेर उनीहरूको हत्या भएको पाइएको छ ।

    मृतक दिदिबहिनी सबै २० वर्षमुनिका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend