हट एयर बेलुनमा उड्दै कलाकृति

images
  • 190
    SHARES
  • पौष १७, २०८१ बुधबार
    हट एयर बेलुनमा उड्दै कलाकृति
    images

    प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तर्राष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गरेका छन्।

    प्राज्ञ सिंहले बेलायती पाइलट एलेक्सले चार हजार फिट माथि बेलुन उडाउँदा क्यानभासमा सूयोदयको कलाकृतिसँगै अन्नपूर्ण दृश्य चित्र सिर्जना गरेका हुन्।

    नेपालको हट एयर बेलुनमा उडेर बनाएको पहिलो पटक भएको र अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पनि पहिलो घटना हुन सक्ने बेलुन नेपालका व्यवस्थापक सरोज कोइरालाको दाबी छ।

    हट एयर बेलुनका पाइलट एलेक्सले हट एयर बेलुनमा बसेर बनाइएको कलाकृति सिर्जनालाई आफ्नो जीवनीको पुस्तकमा समावेश गर्ने बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend