ग्लोबल आईएमई बैङ्कको १८ औँ वार्षिकोत्सव

images
  • 93
    SHARES
  • पौष १९, २०८१ शुक्रबार
    ग्लोबल आईएमई बैङ्कको १८ औँ वार्षिकोत्सव
    images

    काठमाण्डौ –

    ग्लोबल आईएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आईएमई बैङ्क हिजोदेखि १९ औँ वर्षमा प्रवेश गरेको छ । बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

    वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा हिजो भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आईएमई बैङ्क तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैङ्कले मर्जर र व्यवसाय विस्तारसँगै बैङ्कको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैङ्कको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने  बताउनु भयो ।

    उहाँले भन्नुभयो ‘अहिलेको  बैङ्किङ्ग आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ । तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन्छ । सुरक्षालाई न्यूनतम शर्त बनाएर डिजिटल प्रविधिलाई अङ्गिकार गर्ने हो ।,’

    बैङ्कले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको उहाँको भनाइ छ ।

    यसैगरी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैङ्कले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताउनुभयो । उहाँले बैङ्कले आगामि वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैङ्किङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend