जीप दुर्घटनामा चार जनाको ज्यान गयो

images
  • 146
    SHARES
  • पौष १९, २०८१ शुक्रबार
    जीप दुर्घटनामा चार जनाको ज्यान गयो
    images

    काठमाण्डौ –

    बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको ज्यान गएको छ ।

    गएराति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको बझाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

    जीप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उहाँका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै ज्यान गएको हो भने धामीकै नातिनी छ वर्षीया आकृतिको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend