गाडीको ठक्करबाट एक जनाको ज्यान गयो

images
  • 195
    SHARES
  • पौष १९, २०८१ शुक्रबार
    गाडीको ठक्करबाट एक जनाको ज्यान गयो
    images

    सप्तरी –

    सप्तरीमा मर्निङ वाकमा निस्केका रामबहादुर नेपालीको गाडीको ठक्करबाट ज्यान गएको छ ।

    सुरुङ्गा नगरपालिका वडा नम्बर ३ काे कदमाहा–गाईघाट सडक खण्डमा नम्बर नखुलेको गाडीको ठक्करबाट स्थानीयवासी ६० वर्षीय नेपालीको ज्यान गएको हो ।

    आज बिहान ४ बजे मर्निङ वाकमा निस्केका नेपालीलाई गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । ठक्कर दिने गाडीको खोजी भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend