आजको विनिमयदर : डलर बढ्यो

images
  • 78
    SHARES
  • पौष २०, २०८१ शनिबार
    आजको विनिमयदर : डलर बढ्यो
    images

    काठमाण्डौ –

    अमेरिकी डलरको भाउ आज पनि बढेको छ । यस्तै क्यानेडियन डलर, अष्ट्रेलियन डलर, यूएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ ।

    युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरको भने भाउ घटेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ ।

    आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४  पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ २  पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ,  बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१  पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

    यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend