दुइवटा कार आपसमा ठोकिदाँ चार जना घाइते

images
  • 160
    SHARES
  • पौष २०, २०८१ शनिबार
    दुइवटा कार आपसमा ठोकिदाँ चार जना घाइते
    images

    धादिङ। 

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट दुइ वटा कार ठोकिदाँ चार जना घाइते भएका छन्। रोराङ गाउँपालिका-३ सलाङघाटमा दुइवटा कार आपसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका हुन्।

    कारमा सवार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-२ का २६ वर्षीय प्रज्ञान खड्का र २८ वर्षीय प्रमोद खड्का, रामेछापको खाडादेवी गाउँपालिका-८ की २१ वर्षीया सुनिता बरैली र मकवानपुरको हेटौडा उपमहानगरपालिका-८ की २४ वर्षीया बबिता खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend