माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

images
  • 258
    SHARES
  • पौष २०, २०८१ शनिबार
    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
    images

    काठमाडौं ।

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बिहिबारबाट सुरु भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

    आज सकिने बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ।

    प्रचण्डले स्थायी कमिटीको बैठकमा आएको सुझावलाई समेटेर भोलिको बैठकमा ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्दैछन्।

    त्यसबाहेक बैठकले प्रचण्डको प्रतिवेदनमा पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिनेछन् । आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक पहिलो पटक फेस गर्दैछन् । केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए ।

    एमाले र कांग्रेस मिलेपछि सरकारबाट बाहिरिएको परिस्थितिलाई पार्टी निर्माण गर्न अवसरको रुपमा लिने माओवादीको निष्कर्ष छ । यही केन्द्रीय कमिटीको बैठकबाट संगठन निर्माणको अभियानबारे निर्णय पनि गर्दैछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend