कप्तान रोहितले भने- मैले सन्यास लिएको छैन

images
  • 272
    SHARES
  • पौष २०, २०८१ शनिबार
    कप्तान रोहितले भने- मैले सन्यास लिएको छैन
    images

    काठमाडौं  ।

    भारतीय टेस्ट टोलीका कप्तान रोहित शर्माले सन्यास नलिएको बताएका छन् । अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा प्लेइङ ११ नपरेपछि धेरैले रोहितले सन्यास लिने अनुमान लगाएका थिए ।

    तर, रोहितले आफू फर्म नहुँदा टोली बाहिर रहेको बताएका छन् । ‘मैले सन्यास लिएको छैन,’उनले भने, ‘मूलतः मैले प्रशिक्षक र चयनकर्तासँग गरेको कुराकानी एकदमै सरल थियो। म रन बनाउन सक्षम छैन, त्यहाँ कुनै फर्म छैन, यो एक महत्त्वपूर्ण खेल हो र हामीलाई फारम भएको खेलाडी चाहिन्छ ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend