एन्फा महिला फुटबल लिगमा एपीएफले बागमतीलाई हरायो

images
  • 146
    SHARES
  • पौष २०, २०८१ शनिबार
    एन्फा महिला फुटबल लिगमा एपीएफले बागमतीलाई हरायो
    images

    काठमाण्डौ –

    एन्फा महिला फुटबल लिगअन्तर्गत अन्तिम चरणको खेलमा शसस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले बागमती युथ क्लब हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा एपीएफले बागमतीलाई ५–१ गोलले हरायो ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।

    अन्तिम चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ । दोस्रो चरणको सुपर फाइभमा पुलिस र वालिङसहित त्रिभुवन आर्मी, बाग्मती युथ क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पुगेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend