काठमाण्डौ –
काठमाण्डौको पिंगलास्थानमा रहेको बागमती होटलमा युवती मृत भेटिएको घटनामा आराेपी युवक पनि मृत अवस्थामा भेटिएका छन् । ओखलढुङ्गाका देवबहादुर थापा आज ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजयी कार्कीले उज्योलालाई जानकारी दिनुभयो ।
गएको बुधवार २१ वर्षीय सुस्मिता खड्काको शव बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा होटलमा भेटिएको थियो । मृत भेटिएकी युवतीको कोठामा थापा पनि बसेका प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।



