चीनमा आगलागी हुँदा ८ जनाको मृत्यु, १५ घाइते

images
  • 200
    SHARES
  • पौष २०, २०८१ शनिबार
    चीनमा आगलागी हुँदा ८ जनाको मृत्यु, १५ घाइते
    images

    एजेन्सी । 

    उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी ८ जनाको मृत्यु भएको छ, भने १५ जना घाइते भएका छन् ।

    बेइजिङको उत्तरपश्चिममा रहेको झाङ्जियाकोउ सहरमा भएको आगलागीपछि किआओसी जिल्ला जनसरकारले भने, “घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ र हाल उनीहरूको जीवनमा कुनै खतरा छैन ।”

    लिगुआङ बजारमा बिहान ८ः४० बजे आगलागी भएको थियो र बिहान १० बजेपछि निभाइएको जिल्ला सरकारले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend