इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा पुलिस, गुजरात र आर्मी विजयी

images
  • 195
    SHARES
  • पौष २०, २०८१ शनिबार
    इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा पुलिस, गुजरात र आर्मी विजयी
    images

    काठमाण्डाै –

    इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज नेपाल पुलिस क्लब, भारतको गुजरात प्रदेश र नेपाल आर्मी क्लब विजयी भएका छन् । बुटवलको रामनगर खेलमैदानमा आज भएका खेलमा पुलिसले मनिमुकुन्द भलिबल क्लबलाई ३–१, गुजरातले एपीएफलाई ३–१ र आर्मीले गलकोट भलिबल क्लबलाई ३–० को साझो सेटमा हराएको छ ।

    मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजना भइरहेको आजको पहिलो खेलमा पुलिसले मणिमुकुन्दलाई पहिलो सेटमा २५–१५, तेश्रो सेटमा २५–२० र चौथो सेट २५–१८ को सेटमा हरायो । दोश्रो सेटमा मणिमुकुन्दले पुलिसलाई २५–२० सेटमा हरायो ।

    यस्तै आजै भएको दोश्रो खेलमा गुजरातले एपीएफलाई ३–१ को सेटमा हरायो । एपीएफले पहिलो सेट २५–२१ ले जितेको थियो । त्यसपछि गुजरातले लगातार तीन सेटको जीत निकाल्यो । गुजरातले दोश्रो सेट २५–१८, तेश्रो सेट २५–१५ र चौथो सेट २५–१८ ले जित्यो ।

    आजै भएको तेश्रो खेलमा आर्मीले गलकोटलाई सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २५–२१, दोश्रो सेट २५–२३ र तेश्रो सेट २५–१९ ले जितेको छ । आठ वटा टोली सहभागी भएको इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता यही पुस २४ गते आउँदो बुधवारसम्म चल्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend