भोलि र पर्सि देशका अधिकांश ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

images
  • 180
    SHARES
  • पौष २१, २०८१ आइतबार
    भोलि र पर्सि देशका अधिकांश ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
    images

    काठमाण्डौ –

    काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा आज मौसम बदली भएको छ । तराई/मधेसमा आज पनि हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा मौसम आंशिक बदली तथा बाँकी भागमा मुख्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार भोलि र पर्सि कतै–कतै हल्का वर्षा र हिमपातको सम्भावना छ । भोलि दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मौसम आंशिकदेखि साधरणतया बदली हुनसक्ने अनुमान छ । केही दिनयता तराई/मधेसमा बढ्दो चिसोसँगै जनजीवन कष्टकर बन्न थालेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend