करेन्ट लागेर एक जनाको मृत्यु धादिङमा

images
  • 73
    SHARES
  • जेठ २९, २०७९ आइतबार
    करेन्ट लागेर एक जनाको मृत्यु धादिङमा
    images

    काठमाडौं 

    धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका-१ कार्किडाँडा बस्ने ४३ वर्षीया मिरा क्षेत्रीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो ।

    mirtu_20210131151419.jpg

    बारीमा मकै गोड्ने क्रममा बिजुलीको पोलमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend