कैलालीमा जनावरलाई धराप थाप्ने ४ जना पक्राउ

images
  • 71
    SHARES
  • पौष २१, २०८१ आइतबार
    कैलालीमा जनावरलाई धराप थाप्ने ४ जना पक्राउ
    images

    धनगढी ।

    कैलालीमा जंगली जनावर मार्न थापेको विद्यतीय धरापमा युवक परेको घटनामा चार जना पक्राउ परेका छन् ।

    गौरीगंगा नगरपालिका-१ को मौवारी सामुदायिक वनमा विद्युतीय तार बिछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी घाइते भएका थिए ।

    उक्त घटनामा गौरीगंगा नगरपालिका-३ बस्ने ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरीलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend