प्रकाश सपूतले सार्वजनिक गरे ‘वसन्त’को पोस्टर

images
  • 101
    SHARES
  • पौष २२, २०८१ सोमबार
    प्रकाश सपूतले सार्वजनिक गरे ‘वसन्त’को पोस्टर
    images

    काठमाडौं ।

    प्रकाश सपूतले आफ्नो निर्देशनमा बनेको पहिलो चलचित्र ‘वसन्त’को पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा उनी स्वयं फिचर्ड छन् । 

    पोस्टरमा देखिएको प्रकाशको पात्र अध्ययनशील देखिएको छ । भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर छन् । 

    ‘वसन्त’मा सपूतको निर्माण, निर्देशन, लेखन, अभिनय, गायन र संगीत रहेको छ । यो चलचित्र चैत २२ गते रिलिज हुनेछ । 

    पोस्टर सार्वजनिक गर्दै उनले लोमो स्टाटस लेखेका छन् । जहाँ उनले चलचित्र ‘वसन्त’ निर्माण गर्दाका चुनौती समेटेका छन् । 

    उनले ‘वसन्त’ निर्माणको क्रममा संगीतबाट कमाएको समय, साथीभाइ र आराम गुमाएको बताएका छन् । यो सिनेमा आफ्नो जीवनकै ठूलो सपना पूरा गर्न गरिएको प्रयास भएको बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend