अमेरिकी डलरको भाउ स्थिर

images
  • 76
    SHARES
  • पौष २२, २०८१ सोमबार
    अमेरिकी डलरको भाउ स्थिर
    images

    काठमाण्डौ –

    आज अमेरिकी डलरलगायत केही विदेशी मुद्राको भाउ आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी  क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ ।

    अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४  पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ १७  पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ १० पैसा, बिक्रीदर एक सय ७० रुपैयाँ ८५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९  पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend