बन्दा र काउलीमा नयाँ रोग

images
  • 322
    SHARES
  • पौष २२, २०८१ सोमबार
    बन्दा र काउलीमा नयाँ रोग
    images

    चितवन –

    चितवनमा लगाइएको काउली र बन्दामा नयाँ रोग देखिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पात कुहिने, फल ठूलो नहुने र पात डढ्ने र तन्कने गरेको छ ।

    पुसको पहिलो हप्तादेखि राप्ती नगरपालिका–५ र ८ मा यो रोग देखिएको कार्यालयका बाली संरक्षण अधिकृत गीता केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रोग देखिएको जानकारी आएपछि पहिलो पटक नमुना परीक्षणका लागि पठाइएकोमा रोग पुष्टि नभएकाले दोस्रो पटक पुनःपरीक्षणका लागि पठाइएको छ ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशालामा परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । दोस्रो पटक नमूना पठाउँदा ढुसी हो की भन्ने आए पनि हालसम्म रोग पत्ता लाग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend