‘देवघाट महामहोत्सव’मा देवी प्रतिभा आउने

images
  • 174
    SHARES
  • पौष २२, २०८१ सोमबार
    ‘देवघाट महामहोत्सव’मा देवी प्रतिभा आउने
    images

    काठमाडौं, पुस १८

    भारतमा बस्दै आएकी चर्चित कथावाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) फेरि नेपाल आउने भएकी छिन् ।

    देवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेको आयोजकले जनाएको छ ।

    यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर धेरैको मन जितेकी २३ वर्षीया उनी यस पटक १० दिनका लागि देवघाटमा कथा वाचन गर्नका लागि आउन लागेकी हुन् ।
     
    मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने ‘देवघाट महामहोत्सव’मा देवी प्रतिभाका अलावा पूज्य ईश्व्रकृष्ण महाराजजी, पूज्य ओम प्रकाश गुरु, पूज्य यशोदा कौडिन्य र पूज्य अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend